शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

छोरीको जन्मदिनमा रिना केसीले सार्वजनिक गरिन् तीज गीत 

आइतबार, साउन १० २०७८

काठमाडौं । बहु चर्चित गायिका रिना केसीकी छोरी खुसी केसीको जन्म दिन । छोरीको जन्मदिन पारेर रिना केसीले गाएको तीज गीत ‘मेरी आमा’ बजारमा आएको छ । गायिका केसीकै युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको हो । 
बिदेशमा रहेकी छोरी तीजमा माईत आउन नपाउँदा आमालाई सम्झेर भाबुक भएको बिषयबस्तु गीतमा देख्न सकिन्छ । 
गीतको शब्द अर्जुन सुबेदीले लेखेका हुन् भने लय केशब सुबेदीले बनाएका हुन् । बर्षा क्षेत्रीको अभिनय देखिने भिडियोको निर्देशक होम गुरुङले गरेका छन् भने गणेश सापकोटाको छायंकन तथा सुबास अम्गाईको सम्पादन गीतमा रहेको छ ।

भिडियो लिंक

https://youtu.be/16qiC99Xuvk

rina.jpeg