बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से हालसम्म कै उच्च अंकमा

बिहिबार, साउन ७ २०७८

काठमाडौं । नेप्से हालसम्म कै उच्च अंकमा पुुगेको छ । आज बिहिबार नेप्से १८ दसमलव ७५ अंकले बढेर तीन हजार चार दसमलव ३१ अंकमा चढेको छ भने सेन्सिटिभ पनि चार दसमलव छ अंकले बढेर पाँच सय ६२ दसमलव २४ अंकमा चढेको छ । दुुई सय २२ वटा कम्पनीहरुको एक लाख १४ हजार सात सय ७२ पटकको कारोवारमा पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोवार रकम ११ अर्ब ११ करोड ४१ लाख २१ हजार छ सय १६ रुपैयाँ पुुगेको छ ।  

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले कमाएकाछन भने आठ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३५ दसमलव ६४ अंकले बढेर दुुई हजार एक सय दुुई दसमलव ९५ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ३८ दसमलव २५ अंकले बढेर दुई हजार पाँच सय १९ दसमलव ७२ अंकमा चढेको छ । यि बाहेक जलबिद्युत, निर्जिवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

बिकास बैंक समुहको सुचक भने आज १४ दसमलव ९३ अंकले घटेर चार हजार सात सय ७५ दसमलव ६५ अंकमा झरेकोमा जीवन बीमा, लघुुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी उन्नती कोष परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज कृषि बिकास बैंक परेको छ ।