शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राजदूतको भेट र चिनियाँ प्राध्यापकको भनाईले पुष्टि गर्छ देउवा–प्रचण्ड कहाँबाट परिचालित छन्

बिहिबार, साउन ७ २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर बधाई दिए। बालुवाटार छिरेका उनले बधाईसँगै भारतले अहिलेको सरकारलाई सहयोग गर्ने सुनाएका थिए । 
त्यसको भोलीपल्ट नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी देउवालाई बधाई दिए। मिलेर काम गर्ने बताए। देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दिन भारतका दर्जन बढी पत्रिकाले सम्पादकीय उनको पक्षमा लेखिदिए। देउवा भारत मैत्री भएको दाबी गरे । 

यता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार भारतको इच्छाअनुसार नबनेको संकेत गरिरहेका बेला भारतीय पक्षबाट यस प्रकारको टिप्पणीलाई विचारणीय राखिएको थियो ।  
तर चीनका एक जना प्राध्यापकले नै देउवा ‘प्रो इन्डियन’ प्रधानमन्त्री भनेपछि भने अब नेपालको राजनीतिक परिवर्तनमा कसको हात थियो भन्ने स्पष्ट भएको छ । 

फुदान विश्वविद्यालयको सेन्टर फर अमेरिकन स्टडिज का प्रोफेसर झाङ जिअदोङले चिनियाँ सरकारको मुखपत्र ग्लोवल टाइम्समा एक लेख लेख्दै नेपाली कांग्रेसले नेपालको परराष्ट्र नीतिलाई भारत अनुकुल दिशामा लैजाने पर्यवेक्षकहरुको बुझाइ रहेको बताएका छन् । सो विश्वविद्यालयले चिनियाँ सरकारको विदेश नीतिमा महत्वपूर्ण प्रभाव पार्छ । 

यस्तो लेख आएकै बेला भारतीय राजदूत क्वात्राले माओवादी अध्यक्ष प्रचण्डलाई भेट गरेका छन्। भारतका लागि कम्फर्टेबल सरकार गठनका निम्ति गठजोड बनाएका प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनलाई धुजा धुजा बनाउने जिम्मेवारी लिएको बताइन्छ । 

‘प्रचण्डले कम्युनिस्ट राजनीतिलाई जोड्ने होइन तोड्ने ठेक्का लिएका छन् ।  आजको होइन कालान्तरसम्म उनको योजना यस्तै रहन्छ’, स्रोतले भन्यो,‘चीनले पनि अहिले प्रचण्डका गतिविधिलाई भारतीय भन्न थालिसक्यो । ’
देउवा व्यक्तिगत रुपमा भारत भन्दा पनि अमेरिकी र पश्चिमासँग नजिक रहेका थिए। उनलाई नियन्त्रण र सत्तामा पहुँच राख्नका लागि भारतले प्रचण्डलाई देउवासँग गठबन्धनमा जोडेको चर्चा छ ।