काठमाडौं । सामाजिक सञ्जालमा भाईरल बनाईएको पत्र निराधार रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । ह्याकरको नेपाल राष्ट्र बैंक सहितका १५ वटा बैंकहरुको सिस्टम ह्याक गरी रकम चोरी गर्ने भन्ने हल्ला बुुधबार साँझदेखि फैलिएको छ । यो घटनाको बिभिन्न कोणबाट अनुसन्धान गर्दा, यो हल्ला मात्र भएको देखियो, नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले भनेकाछन ।
बुुधबार साँझ ५ः५५ बजेदेखि ह्याकरले पठाएको इमेल भन्दै उक्त इमेलको स्क्रिन सर्ट गरिएको पत्र बिभिन्न सामाजिक सञ्जालहरुमा भाईरल गराउनको पछाडि कसको हात, सम्वन्धीत निकायले अनुसन्धान गरी दोषी पत्ता लगाउने पनि राष्ट्र बैंकका ति अधिकारीले बताएकाछन ।
बैंकहरुलाई आफ्नो सुरक्षा प्रणाली चुस्त दुुरुस्त बनाउँद निर्देशन दिंदै उक्त पत्रको आधिकारिकताको बारेमा जाँचबुझ गरेको तर अहिलेसम्म पनि त्यो इमेलटको स्क्रिन सर्ट कसले लियो, कुुुन व्यक्तिले त्यो इमेल प्राप्त गरी त्यो प्रष्ट हुुन सकेको नसेको राष्ट्र बैंकको भनाई छ । त्यो इमेलको स्क्रिन सर्ट कसलाई पठाईएको इमेल नभई आम नागरिकलाई आतंकित बनाउनको लागि बनाईएको इमेलले फोटो जस्तो मात्र देखिन्छ, राष्ट्र बैंकका उच्च अधिकारीले जानकारी दिएकाछन ।
सामाजिक सञ्जालमा भाईरल भएको उक्त घटना पश्चात सबै बैंकहरुको सुरक्षा प्रणाली चेक गरेकोमा अहिलेसम्म त्यस्तो केही समस्या नदेखिएको पनि राष्ट्र बैंकले जनाएको छ । भाईरल गराईएको पत्रमा नेपाल राष्ट्र बैंक सहित कुुमारी बैंक, नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, राष्ट्रिय बाँणिज्य बैंक, माछापुच्छे« बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, बैंक अफ काठमाडौ, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको सिस्टम ह्याक गरी रकम चोर्ने भनिएको उल्लेख थियो ।