शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

किन भयो नेप्से बन्द आज ?

बुधबार, साउन ६ २०७८

काठमाडौं ।आज(बुधवार) कारोबारको चौथो दिन सेयर बजार बन्द भएको छ ।

आज बुधबार (साउन ६ गते) मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ । सोही नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बिहिबार बिहान ११ बजे खुल्नेछ । 

यसअघि मंगलबार नेप्से सूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा अडिएको छ । जसमा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रूपैयाँ भन्दा बढीको कारोबार भएको छ ।