शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेशनल लाईफको चमत्कारिक प्रगति, कम्पनी दोश्रो स्थानमा उक्लियो गत कम्पनीको प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो, कूल बीमा शुल्क १२ अर्ब माथि 

मंगलबार, साउन ५ २०७८

काठमाडौं । जीवन बीमा ब्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो । 

कूल बीमा शुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमा शुल्क चार अर्ब भन्दामाथि पु¥याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तल माथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्तछन् । बीमा समितिको सुत्र अनुसार एलआइसी नेपालको प्रथम बीमा शुल्क तीन अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको तीन अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ । 

आर्थिक वर्ष २०७७÷०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नविकरण बीम ाशुल्क समेत उल्लेख्यरुपमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमा शुल्क संकलन गरेकोमा गत आ.व.मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको हो । 

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबै भन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कूल बीमा शुल्क आम्दानी गरेको छ ।