शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुचक तथा कारोवार रकम दुबै घटे

मंगलबार, साउन ५ २०७८

काठमाडौं । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै घटेकाछन । नेप्से आज नौ दसमलव एक अंकले घटेर दुुई हजार नौ सय ८५ दसमलव ५७ अंकमा पुग्दा सेन्सिटिभ पनि दुुई दसमलव ८३ अंकले घटेर पाँच सय ५८ दसमलव १२ अंकमा झरेको छ । 

दुुई सय १९ वटा कम्पनीहरुको ८४ हजार चार सय ६८ पटकको कारोवारमा तीन करोड १६ लाख आठ हजार एक सय ९३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार दुुई सय ६९ रुपैयाँ पाँच पैसा पुुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा धेरैजसो समुहको सुचक घटेकाछन । आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी उन्नती कोष परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अरुण कावेली हाईड्रो पावर कम्पनी परेको छ ।