शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एनएमबि बैंकसंगको सहकार्यमा महाबचत बजार अभियानको तयारी पुरा गर्दै दराज  

सोमबार, साउन ४ २०७८

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन तीन गते गतेदेखि दराज र एनएमबि बैंकबिच सम्झौत गरी महाबचत बजार सुरु हुने घोषणा गरेको छ । यो अभियानको मुख्य उदेश्य  ग्राहकहरुका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबर्धन गर्नु हो । अभियानको मुख्य हाइलाइटहरू भने चार हजार रुपैयाँसम्मको छुुट, एनएमबि बैंकको डेबिट, क्रेडिट कार्ड मार्फत अनलाइन प्री–पेमेन्टमा दुुई हजार रुपैयाँसम्मको  छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निशुल्क डेलिभारी, नि शुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ। 

यो अभियानको लागि एनएमबि बैंकका कार्ड प्रयोगकर्ताहरूले प्री–पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । एनएमबि बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिसत अर्थात १५ सय रुपैयाँसम्मको छुट पाउनेछन भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कार्ड प्री–पेमेन्टमा २० प्रतिसत अर्थात दुई हजार रुपैयाँसम्म छुट पाउनेछन । 
बैंकले हाल देशभर एक सय ८१ वटा शाखा, एक सय ३७ वटा एटिएम काउन्टरहरु तथा नौ वटा एक्सटेन्सन काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।