शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने 

आइतबार, साउन ३ २०७८

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्ममा पुरानो नविकरण अन्र्तगतको उक्त ट्रेजरी जारी बिल जारी गर्न लागिएको हो । 
साउन पाँच गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको २० करोड रुपैयाँ रहेको छ । सो दिन बिक्री हुुने ट्रेजरी पुरानो नविकरण अन्र्तगतको हो । सो मध्ये २८ दिने ट्रजरीको परिपक्व हुुने अवधि २०७८ भदौ एक गते र ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ साल कात्र्तिक दुई गते रहेको छ । 
यसअघि यही असार २९ गते पनि २२ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले  जानकारी दिएको छ ।