शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नयाँ आर्थिक वर्षको पहिलो दिन झण्डै सय अंकले बढ्यो नेप्से

आइतबार, साउन ३ २०७८

काठमाडौ l नेप्से एकै दिन सय अंकले बढेको छ । चालु आर्थिक बर्षको पहिलो कारोवार दिन आज आईतबार नेप्से ९७ दसमलव १३ अंकले बढेर २९ सय ८० दसमलव ५३ अंकमा पुग्दा सेन्सिटिभ १९ दसमलव ५६ अंकले बढेर पाँच सय ६० दसमलव ९६ अंकमा चढेको छ । दुई सय २१ वटा कम्पनीहरुको एक लाख १६ हजार दुई सय ९४ पटकको कारोवारमा दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ९२ दसमलव ५८ अंकले बढेर दुई हजार ५७ दसमलव ३८ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ४५ दसमलव पाँच अंकले बढेर दुई हजार नौ सय ३८ दसमलव ३१ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल समृद्धि फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज मञ्जुश्री फाईनान्स लिमिटेड परेको छ ।