शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एन आई सी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा ढकाल नियुक्त 

आइतबार, साउन ३ २०७८

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको अध्यक्ष पदमा कपिल ढकाल नियुक्त भएकाछन । कम्पनीको यही साउन एक गते शुुत्रबार सम्पन्न संचालक समितिको ९२ औं बैठकको निर्णय बमोजिम सोही दिनदेखि लागु हुने गरि क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई नियुक्ति गरेको छ । 

उनीसंग डिलोटी ईण्डिया, आईसीआईसीआई बैंक ईण्डिया तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतकोरुपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेशनल चार्टड एकाउन्टेन्ट पनि हो । साथै, उनलाई एनआई सी एशिया बंैकको हालको ट्रान्सफरमेन्सनलको उद्गमविन्दु मानिएको बिजनेश प्रोसेस रिईन्जिनियरिङ विभागको प्रमुखको भुमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्चव्यवस्थापन तहमा रहि १२ वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव उनको रहेकोे छ । हालएनआई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्य अनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएका छौं ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।