बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता 

शुक्रबार, साउन १ २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेकाछन ।

सम्झौता पछि युनडिपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरुलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले बैंक खाता मार्फत भुक्तानी गर्ने छ । 

RBB  Bank photo.JPG

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरु मध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा लगानी गर्न सकिने बताए । युएनडिपी नेपालका आवसीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई युएनडिपीको प्रयास कार्यक्रम अन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनिहरुको जिविकोपार्जनमा सहयोग पुग्ने बताए । 

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब उपकार्यकरी अधिकृत देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव, युएनडिपी नेपालका सहायक आवसीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगर, लगायतको उपस्थिति रहेको थियो । ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।