काठमाडौ l नेप्से बढेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से ११ दसमलव ३३ अंकले बढेर २८ सय ८३ दसमलव ३८ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ९३ अंकले बढेर पाँच सय ४१ दसमलव ३३ अंकमा चढेको छ । दुई सय २३ वटा कम्पनीहरुको ७३ हजार दुई सय ७२ पटकको कारोवारमा पाँच करोड ८५ लाख दुई हजार एक सय नौ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम आठ अर्ब १४ करोड ३६ लाख १४ हजार तीन सय दुई रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक बढेपनि छ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव तीन अंकले बढेर १९ सय ६४ दसमलव २६ अंकमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ४७ दसमलव ८९ अंकले बढेर २५ सय दुई दसमलव १३ अंकमा चढेको छ । जलबिद्युत, निर्र्जिवन बीमा, टे«डिङ, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि आज बढेकाछन । बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक भने आज घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो रैराङ हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मेरो माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ ।