काठमाडौ l नेप्से बढेको छ । आज बुधबार नेप्से एक दसमलव शुन्य एक अंकले बढेर २८ सय ७२ दसमलव पाँच अंकमा चढेकोमा सेन्सिटिभ भने शुन्य दसमलव १४ अंकले घटेर पाँच सय ३९ दसमलव ३८ अंकमा झरेको छ ।
दुई सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय ९१ पटकको कारोवारमा चार करोड ४७ लाख ३६ हजार पाँच सय ३० कित्ता किनबेच भएकाछन भने सेयर कारोवार रकम पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार दुई सय पाँच रुपैयाँ पुगेको छ ।
१३ वटा समुहको कारोवार हुदा आज आठ वटा समुहको समुहले गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव २२ अंकले घटेर १९ सय ५७ दसमलव ९६ अंकमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक भने बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नबिल व्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ ।