शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हिमालयन डिष्टीलरीको शेयरमा लगानीकर्ताको लस्कर !

बुधबार, असार ३० २०७८

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा हिमालयन डिष्टीलरी लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ । 

उक्त अवधिमा कम्पनीको रू. १३ करोड ८३ लाख ७४ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ हजार ५०० मा खरीदविक्री भइरहेको छ ।

यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २ रुपैयाँले वृद्धि भएको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ३० हजार ८४३ कित्ता खरीद माग रहेको छ भने विक्री अर्ड ७ हजार ३५२ कित्ता  मात्र रहेको छ ।