शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा देखियो हरियाली

मंगलबार, असार २९ २०७८

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने १६ दसमलव ३४ अंकले बढेर २८ सय ७१ दसमलव तीन अंकमा चढेको छ भने सेन्सिटिभ पनि चार दसमलव ७४ अंकले बढेर पाँँच सय ३९ दसमलव ५१ अंकमा चढेको छ । आज दुुई सय २३ वटा कम्पनीहरुको ५३ हजार एक सय ३९ पटकको कारोवारमा एक करोड २३ लाख ४८ हजार तीन सय ८९ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार दुुई सय २४ रुपैयाँ पुुगेको छ ।  

आज १३ वटा समुहको कारोवार हुंदा जीवन बीमा समुहको सुचक घटेपनि बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दसमलव २४ अंकले बढेर १९ सय ६४ दसमलव १८ अंकमा चढेकोमा जलबिद्युुत समुहको सुचक पनि १३ दसमलव ९१ अंकले बढेर दुुई हजार सात सय ६१ दसमलव ४६ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, लघुुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

 नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सेन्ट्रल फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा लार्ज क्याप फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल बंगलादेश बैंक पहिलो स्थानमा परेको छ ।