शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रोड्रिगो डी पाउल एट्लेटिकोमा अनुबन्धित

मंगलबार, असार २९ २०७८

काठमाडौँ । अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटिकोले सोमबार मिडफिल्डर रोड्रिगोलाई अनुबन्ध गरिएको जनाएको छ ।

रोड्रिगोलाई एट्लेटिकोले इटालियन क्लब उडिनेसेबाट क्लब भित्र्याएको हो ।

२७ वर्षीय रोड्रिगोले एट्लेटिकोसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

रोड्रिगो अर्जेन्टिनाका कोपा अमेरिका जित्ने टिमका महत्वपूर्ण सदस्य हुन् ।

आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो ।

ब्राजिलमा भएको कोपामा उनले ६ खेल खेल्दै १ गोल गरेका थिए ।

सन् २०१६ मा सिरी ‘ए’ क्लब आएका उनले क्लबका लागि १ सय ८४ खेलमा ३४ गोल र ३६ असिस्ट गरेका थिए ।

de paul.JPG