बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आदर्श लघुवित्तको साधारण सभा असार ३१ मा, यी प्रस्ताव पारित हुने

मंगलबार, असार २९ २०७८

काठमाडौैं । आदर्श लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा बिहीवार असार ३१ गते गर्ने भएको छ ।

कम्पनीले सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय बनेपामा बोलाएको हो । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम रहेको जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस कम्पनी र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने, प्राप्ति तथा समाहित हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७६/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।