शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नबिल बैंकको वार्षिकोत्सव अफर; कार्ड, स्मार्ट बैंक तथा लकरहरुमा ३७ दिन भरी छुटै छुट

मंगलबार, असार २९ २०७८

काठमाडौं ।नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ३७ डेज अफ ह्यापीनेस अफर ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकले आसार २८ गते सोमबारदेखि ३७ दिनसम्म नया“ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आई कार्ड, नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।  

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको  उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।