बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा भिषण पहिरो, सबै सुचक रातै

सोमबार, असार २८ २०७८

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार ४५ दसमलव छ अंकले घटेर २८ सय ५४ दसमलव ७६ अंकमा झर्दा सेन्सिटिभ पनि आठ दसमलव ६२ अंकले घटेर पाँच सय ३४ दसमलव ८१ अंकमा झरेको छ । दुुई सय २९ वटा कम्पनीहरुको ९२ हजार एक सय ९२ पटकको कारोवारमा दुुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम नौ अर्ब ९८ करोड २६ हजार पाँच सय २७ रुपैयाँ पुुगेको छ । 

आज १३ वटा समुहको कारोवार हुंदा सामुुहिक लगानी कोष समुहको सुचक बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव पाँच अंकले घटेर १९ सय ५० दसमलव सात अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ६० दसमलव १३ अंकले घटेर २७ सय ४७ दसमलव ५६ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहरुहको सुचक पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनियन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा निर्धन उत्थान लघुुबित्त बित्तीय संस्था परेको छ ।