शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

स्पेनका मिडफिल्डर पेड्री उत्कृष्ट युवा खेलाडी

सोमबार, असार २८ २०७८

काठमाडौं । स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

आइतबार सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो ।

१८ वर्षीय पेड्री यो अवार्ड पाउने दोस्रो खेलाडी हुन् ।

२०१६ मा पोर्चुगलका रेनेटो सान्चेजले यस अवार्ड जितेका थिए ।

युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक उपाधि जितेको हो ।