काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
असार २९ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँको रहेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ असोज २६ गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ पुस २७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल असार २८ गते तोकिएको राष्ट्र बैंकको भनाई छ ।