शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नबिल बैंकले यूनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरीआजदेखि एकीकृत कारोबार

आइतबार, असार २७ २०७८

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्नेप्रक्रिया पूरा भएको छ । प्राप्तीप्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ  । आज आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्स का अध्यक्ष उपेन्ı प्रसाद पौड्यालले  बसन्त कुमार चौधरीले एकीकृत कारोबार सुभारम्भ गरेका हुन् । 
नबिल बैंकका अध्यक्ष उपेन्ı प्रसाद पाड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने । 
युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १३५ हुनेछ । एटिएम संख्या भने १८३ हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुुबैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीस“गै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनिती अनुसार बजारमा उपस्थित हुनेछ ।