शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले कार्यदलको बैठक सुरु, हस्ताक्षरसहित सहमतिको मस्यौदा स्थायी कमिटीमा पेश गरिदै

आइतबार, असार २७ २०७८

काठमाडौँ l एमाले एकता जोगाउन गठित कार्यदलको बैठक सुरू भएकाे छ। बैठक सिंहदरबारस्थित अर्थ मन्त्रलायमा सुरू भएकाे हाे।

हिजो (शनिबार) साँझ बसेको बैठकले सहमतिको ९ बुँदे मस्यौदालाई अन्तिम रुप दिएको थियो। 

अहिल बसिरहेकाे बैठकमा सहमतिकाे मस्याैदामाथि समान्य छलफल गरेर कार्यदलका सबै सदस्यहरुकाे हस्ताक्षरसहित स्थायी कमिटीमा पेश गरिने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

यतिबेला प्रतिनिधिसभाको विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा छ। तर सर्वोच्चको फैसलाअघि नै एमाले एकता भइसक्ने माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए।

नेम्वाङले भने, ‘नेकपा विघटनपछि एमालेमै रहेका २३ जना पूर्व माओवादी नेताहरुलाई समेत सम्बोधन गर्ने गरी सहमति जुटेको छ। ढुक्क हुनुहाेस्, सर्वाेच्चकाे फैसलाअघि नै खुशीकाे खबर सुन्नुहुनेछ।’