काठमाडौं – सत्तारुढ दल नेकपा एमाले २०७५ जेठ २ गतेकै अवस्थामा फर्किने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले जेठ २ गतेमा फर्किने निर्णय औपचारिक रुपमा गरेको हो ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए । दोस्रो तहका नेताहरुको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि जेठ २ गतेकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत भएका हुन् ।
०७५ जेठ २ को अवस्थामा फर्किने सन्दर्भ चलिरहँदा एमालेमा कसको शक्ति कति भन्ने चर्चा पनि चलेको छ । जसलाई हामीले साबिकै अवस्था र पछिल्लो अवस्थालाई जोडेर हेर्नुपर्ने देखिन्छ ।पछिल्लो राजनीतिक तानातानमा ओलीले माधव पक्षका केहि नेताहरुलाई आफ्नो पक्षमा पारेका छन् । जेठ २ गतेकै अवस्थामा फर्कँदा पनि केन्द्रीय कमिटीमा ओली समूहकै बहुमत पुग्ने र माधव नेपाल पक्ष अल्पमतमा पर्ने देखिएको छ ।
त्यस्तै १९२ सदस्यीय केन्द्रीय कमिटी (रिक्त पदको गणना नर्गदा) मा भने ओली पक्ष १०४ सदस्यसहित बहुमतमा छ । जहाँ माधव पक्षसँग पनि ८८ सदस्य (बामदेव पक्षसहित) देखिएका छन् । पछिल्लो तानातानमा लालबाबु पण्डितसहित शेरबहादुर तामाङ, सोम मिश्र र गणेश पहाडी ओली पक्षमा लागेका थिए ।
काे-कता छन् ? र्नुहोस् नामावली
ओली समूह
केपी शर्मा ओली, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, अइन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भट्टटाई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनि राना, निरादेवी जैरु, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले,बलवीरप्रसाद चौधरी, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, लालबहादुर थापा, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, शेरबहादुर तामाङ, विष्णु रिजाल, गणेशकुमार पहाडी, गणेशसिंह ठगुन्ना, लालबाबु प्रसाद यादव, लालबाबु पण्डित ।
माधव समूह
माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भटराई, रघुजी पन्त, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, गोविन्दविक्रम शाह, चन्द्रबहादुर शाही, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङ, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर, मदनकुमारी साह गरिमा, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, सोम मिश्र, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, सरलाकुमारी यादव, प्रमोदनारायण यादव, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल, यदुवंश झा, रविन कोइराला, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, विक्रमबहादुर शाही, राजन राई, रामकुमार ज्ञवाली, विजयकुमार पौडेल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, सुशीला नेपाल, शेरबहादुर केसी, श्रीमाया थकाली, हरिप्रसाद पराजुली,हंशबहादुर शाही, हरिबहादुर राई ।