शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कृषि बिकास बैंकको ऋणपत्र निष्काशनको बिक्री प्रर्वन्धकमा एनआईबिएल एस क्यापिटल

मंगलबार, असार १५ २०७८

काठमाडौं । कृषि बिकास बैंकको ऋणपत्र निष्काशनको बिक्री प्रर्वन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले सात बर्षे अवधिमो छ अर्ब कृषि ऋणपको डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको जानकारी दिएको छ ।  
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गर्न लागेको हो । उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले यही असार १४ गते सोमबार हस्ताक्षर गरेका हुुन ।