शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इडिन्सन काभानीको गोलमा उरुग्वेको जित

मंगलबार, असार १५ २०७८

काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वेले पाराग्वेलाई हराएको छ ।

मंगलबार बिहान उरुग्वेले पाराग्वेलाई १–० ले हराएको हो ।

उरुग्वेको जितमा इडिन्सन काभानीले पेनाल्टीमा एक गोल गरे । खेलको २१ औं मिनेटमा काभानीले गरेको गोल उरुग्वेलाई जित दिलाउन पर्याप्त रह्यो ।

उरुग्वेले समूह चरणमा ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको पाराग्वेको ६ अंक रह्यो ।

दुवै टिम यसअघिनै क्वार्टरफाईनल पुगिसकेका छन् ।