बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज ३ बाट

मंगलबार, असार १५ २०७८

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोजको पहिलो साताबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यस वर्षको ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुने जनाएको छ  ।

एन्फाले ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको मिति तय गरेको हो ।

यस्तै एन्फाले लिगका लागि जुलाई ३० बाट खेलाडी दर्ता खुला हुने समेत जनाएको छ ।

एन्फाले प्रतियोगिता असोजमा सुरु हुने मिति घोषणा गरेपनि सकिने मिति खुलाएको छैन ।

एन्फाको क्यालेन्डर अनुसार ‘ए’ डिभिजन लिग भदौ देखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ ।

तर, एन्फाले यस सिजनको शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाईरसको महामारीको कारण अघिल्लो वर्ष ‘ए’ डिभिजन लिग आयोजना भएको थिएन ।

a devision league.JPG