शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कप्तान किरणलाई ‘गोलकिपर अफ दि सिजन’ अवार्ड

मंगलबार, असार १५ २०७८

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले ‘आईलिग फ्यान अफ दि सिजन’ अवार्ड जितेका छन् ।

भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले ‘आईलिग फ्यान अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जनाएको छ ।

किरणले पन्जाब एफसीबाट आईलिग खेलेका थिए । उनले १४ खेलमा ७ क्लिन सिट हात पारेका थिए । यस्तै किरणले विपक्षीको ५६ सट रोकेका थिए ।

किरण आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए ।

उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरेका थिए ।

आईलिगको उपाधि भने गोकुलम केरेलाले जितेको थियो ।

kiran.JPG

kiran2.JPG