बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुुबै बढ्यो

सोमबार, असार १४ २०७८

काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुबै बढेको छ । आज सोमबार नेप्से पाँच दसमलव ११ अंकले बढेर २८ सय ७५ दसमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव १७ अंकले बढेर पाँच सय ३३ दसमलव ५७ अंकमा चढेको छ । दुुई सय १९ वटा कम्पनीहरुको ८१ हजार तीन सय पटकको कारोवारमा एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता सेयर किनबेच हुुंदा आज कुुल कारोवार रकम भने सात अर्ब ७२ करोड ५५ लाख १२ हजार सात सय १६ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ९५ अंकले अंकले बढेर १९ सय ५० दसमलव ४४ अंकमा पुुग्दा होटल तथा पर्यटन, लघुुबित्त, जीवन बीम, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने ६५ दसमलव ९५ अंकले घटेर दुुई हजार आठ सय ९० दसमलव शुन्य आठ अंकमा पुग्दा जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सबैको लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा बेष्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।