काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको टे«जरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल जारी गर्न लागिएको राष्ट्र बैकले जनाएको छ ।
असार १५ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि बैक तथा बित्तीय संस्थाहरुले भाग लिन पाउनेछन । राष्ट्र बैंकका अनुसार भोलि जारी हुुने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको ११ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ रहेको छ । सो मध्ये ९१ दिने अवधिको परिपक्व हुुने अवधि २०७८ असोज १२ गते र एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ पुुस १३ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।