बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

आइतबार, असार १३ २०७८

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबार खुलेको पाँच मिनेटमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको हो ।  उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१९ पुगेको छ ।  

कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमा सबैभन्दा बढी खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा ३ लाख ८५ हजार ८९९ कित्ता शेयर खरीद माग रहेको छ ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएपछि शेयरमूल्यमा पनि लगानीकर्ताको आकर्षण बढेको हो  ।