काठमाडौं – सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार पार्टी स्थायी कमिटीको बैठक बोलाएका छन् ।
बैठक बिहान ९ बजे बस्ने भएको छ । आईतबार बिहान ९ बजे बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
आईतबारको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका लागि भइरहेका प्रयासबारे साथ साथै अदालतबाट लगातार भएका फैसलालगायतका विषयमा छलफल हुने जनाइएको छ ।