शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दिलमायाको दिल रोइरहन्छ

आइतबार, असार १३ २०७८

ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो। ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो।

पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो। 

त्यतिबेला ४८ वर्षका थिए बालबहादुर। दिलमाया थिइन् भर्खर ३९ वर्षकी। गाउँमा श्रम गरेका उनीहरूलाई काम गरिखान गाह्रो थिएन। त्यसपछि उनीहरूका शरीर सञ्चालन भए त्यही जमिनमा पसिना बगाउन। 

जसोतसो गुजारा चल्दै गयो। दाहाल परिवारले दिएको एउटा कुनाको जग्गामा झुपडी बनाएका थिए। त्यहीं खान्थे, बस्थे। अन्नपूर्ण पोस्टमा खबर छ ।