काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृत कमल गौत्तमको कार्यकाल थप भएको छ । कम्पनीलाई नेपाली बीमा बजारमा थप उचाईमा पुर्याउन उल्लेख्य भुमिका खेलेको भन्दै सञ्चालक समितीले प्रमुुख कार्यकारी गौत्तमलाई दोस्रो कार्यकालको लागि पनि सोही पदमा निरन्तरता दिन स्वीकृती दिएको छ ।
कम्पनीले दोस्रो प्रमुुख कार्यकारीलाई दोस्रो कार्यकालको लागि पनि निरन्तरता दिन स्वीकृती माग गर्दे नियमनकारी निकाय बीमा समितीमा आवेदन दिएको थियो । बीमा समितीले पनि गौत्तमको कुुशल व्यवस्थापकीय क्षमता र कम्पनीलाई माथि उठाउन गरेको कार्यको उच्च मुल्यांकन गर्दे दोस्रो कार्यकाल थप गर्न स्वीकृती दिएको हो । कम्पनीका अनुसार प्रमुुख कार्यकारी गौत्तमको पहिलो कार्यकाल यही असार १६ गते संकिदै छ भने बीमा समितीले यही असार १० गते अर्थात बिहिबार नै गौत्तमको दोस्रो कार्यकाललाई सदर गरिदिएको छ ।
यसअघि नेपाली बैंकिङ क्षेत्रमा कुुशल बैंकरकोरुपमा परिचय स्थापीत गरेका गौत्तमले बिसं m२०७४ असार देखि नै एभरेष्ट इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी सम्हाल्दै आएकाछन । कार्य प्रारंम्भ गरेको पहिलो कार्यकाल कम्पनीको समग्र बित्तीय अवस्था सुधारको लागि कार्य गरेको उनको अनुुभव रहेको छ । अबको थप कार्यकाल भने कम्पनीलाई थप बलियो बनाई नयाँ उचाईमा पुर्याउने गरी कार्य गर्छुु,, प्रमुख कार्यकारी गौत्तमले भने । आफुु बैैंकिङ, क्षेत्रबाट बीमा क्षेत्रमा आएको भन्दै उनले यो क्षेत्रमा पनि काम गर्न सक्ने आँट र चुनौतीलाई सामना गरेको र गर्न सक्ने भन्दै आगामी समय कम्पनीलाई नयाँ उचाईमा पुर्याउने बताए ।
पेशागत जीवनको सुरुवाती चरणमा तत्कालीन नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुँदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न समेत निकै नै ठुुलो भुुमिका निर्वाह गरेका थिए । प्रमुुख कार्यकारी गौत्तम संग बीमा बाहेक नै २६ बर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुुभव रहेको छ । गौत्तम कुुशल व्यवस्थापकीय क्षमता भएको व्यक्तिकोरुपमा चिनिन्छन ।
प्रमुुख कार्यकारी गौत्तम कै अथक प्रयासमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १३ करोड ३३ लाख ४१ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुंजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ६८ रुपैयाँ ४० पैसा रहेको छ ।