बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा

शुक्रबार, असार ११ २०७८

काठमाडौं । उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा बोलिभियालाई २-० गोल अन्तरले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

उरुग्वेको जितमा एडिन्सन काभानीले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

urugay.JPG

खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जित दिलाए ।

यस जितसँगै उरुग्वेले ३ खेलमा ४ अंक जोडेको छ । समूह ‘ए’ को उरुग्वे चौंथो स्थानमा रहेको छ ।

बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

urugay1.JPG