काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार बजार खुलेको दुई घण्टाको अवधिमा सर्वाधिक नेपाल पुनर्बीमा कम्पनीको रू. २८ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यो समाचार तयार पार्ने बेला सम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ३७ प्रतिशतले घटेको छ । उक्त अवधिमा नेप्से परिसूचक २ हजार ८७३ दशमलव ८६ विन्दुमा रहेको र २१३ ओटा कम्पनीको रू. ३ अर्ब ६४ करोड ५१ लाख ४१ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका १३ ओटा समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।