काठमाडौं । नेप्सेले छलाङ मारेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने ७९ दसमलव ४४ अंकले बढेर २९ सय १३ दसमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ अंकमा चढेको छ । आज दुुई सय २५ वटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटकको कारोवारामा एक करोड ९७ लाख ७० हजार छ सय ३८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १० अर्ब २८ करोड ६२ लाख ६९ हजार नौ सय ५७ रुपैयाँ पुुगेको छ ।
आज १३ वटा समुहको कारोवार हुुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव ३१ अंकले बढेर १९ सय ४५ दसमलव ४३ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि एक सय ५० दसमलव एक अंकले बढेर २८ सय ९० दसमलव ९२ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।