बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल पुनर्बीमा कम्पनीले २० लाभांश वितरण गर्ने

मंगलबार, असार ८ २०७८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आव २०७६/७७ को वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र ३ दशमलव ५० प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल सरकार, नियामक निकाय बीमा समितिबाट स्वीकृति पाएपछि र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।