काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार राधी विद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्यअघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । यो समाचार तयार पार्दाको समय ११ : १८ बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११२ पुगेको छ ।
कम्पनीले बोनस शेयर र हकप्रद शेयर पारित गर्नका लागि साधारण सभाको मिति तय गरेसँगै लगानीकर्ताको आकर्षण बढेको छ ।
कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सो बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको १४७ दशमलव ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।
यी दुबै प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार २९ गते साधारण सभा बोलाएको छ ।