शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

मंगलबार, असार ८ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको मूल्य समायोजन भएको छ । मंगलबार नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको बोनस शेयर पछिको शेयरमूल्य समायोजन गरिएको हो । 

नागरिक लगानी कोषको ९ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको गरेको छ । कम्पनीको समायोजनपछिको मूल्य ३ हजार ७ सय ४३ रुपैयाँ निर्धारण भएको छ । कोषको सोमबारको अन्तिम कारोबार मूल्य ४ हजार ८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कोषको शेयर कारोबार खुल्नेछ ।

त्यस्तै, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य ५ सय ४९ रुपैयाँ निर्धारण भएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ६ हजार २६ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर मंगलबार नेप्सेमा कोषको शेयर कारोबार खुल्नेछ ।