शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गरिमा विकास बैंक र के.सी.एल.अस्टयुट क्यापिटलबिच सम्झौता

शनिबार, असार ५ २०७८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेड बिच शेयर स्वामित्व खरिद गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र क्यापिटलकातर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुुन । 
सम्झौता पश्चात के.सी.एल. अस्टयुट यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१ दसमलव २० प्रतिशत शेयर स्वामित्व कायम भई के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित हुुने छ । 
गरिमा विकास बैंक लिमिटेडले शेयर लगानी गरे पश्चात के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको गरिमा विकास बैंकका प्रमुुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल. अस्टयुट क्यापिटल लिमिटेडका अध्यक्ष दिपक पाण्डेयद्धारा सयुक्त हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।