शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकपः नेदरल्यान्ड्स नकआउट चरणमा

शुक्रबार, असार ४ २०७८

काठमाडौं । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको हो ।   

जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे  ।

घरेलु मैदानमा खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट  गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

nether.JPG

अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएको थियो । जसमा डिपेले सहजै गोल गरे ।

त्यसपछि खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो ।

नेदरल्यान्ड्सले २ खेलमा ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो ।

अष्ट्रियाको यो पहिलो हार हो। पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।

अष्ट्रिया ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

ne.JPG

n2.JPG

n1.JPG

n.JPG