बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

बिहिबार, असार ३ २०७८

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक समूह अन्र्तगतको नौ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक सय ४० रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । 

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले यही असार २ गते देखि असार १६ गतेसम्ममा बिक्री प्रबन्धक  एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।