शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक

बुधबार, असार २ २०७८

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन प्रयोग हुने बल सार्वजनिक भएको छ ।

प्रिमियर लिगको २०२१/२२ को सिजन प्रयोग हुने नाइकी फ्लाइट बल सार्वजनिक गरिएको हो ।

खेलकुद सामग्री निर्माण कम्पनी नाइकीले मंगलबार नयाँ बल सार्वजनिक गरेको हो ।

नयाँ बल सेतो, कालो र सुन्तला रंग प्रयोग गरेर बनाईएको छ ।

नाइकीले जुलाई २९ बाट बल बजारमा उपलब्ध भएको समेत जनाएको छ ।

प्रिमियर लिगको नयाँ सिजन अगस्ट १४ बाट सुरु हुनेछ ।

गत सिजनको उपाधि म्यानचेस्टर सिटीले उचालेको थियो ।  

ball3.JPG

ball2.JPG

ball1.JPG