शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंकद्वारा तीन लाख रकम सहयोग

बुधबार, असार २ २०७८

काठमाडौं । नागरिक केयर सेन्टरले माछापुच्छ्रे बैंकद्वारा तीन लाख रुपैयाँ सहयोग  गरेको छ । मंगलबार, बैकले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो । 
कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्यो पचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको जानकारी माछापुच्छ्रे बैंक, विराटनगर शाखाका प्रबन्धक चन्दन पोख्रेल र प्रतिनिधि रुपेश थापाले दिदैं सो राशी बराबरको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई हस्तान्तरण गरेको बैैंकले जनाएको छ ।  

Machhapuchree Bank photo.jpeg