सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ

मंगलबार, असार १ २०७८

नुवाकोट । सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिवपुरी गाउँपालिका–१ तलाखु खत्रीगाउँ बस्ने ६० वर्षीय सिँह बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्तष हुनासाथ प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।