काठमाडौं । नेप्से हालसम्म कै उच्च अंकमा पुुग्न सफल भएको छ । आज सोमबार नेप्से ४२ दसमलव ७२ अंकले बढेर तीन हजार २५ दसमलव ८३ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ६० अंकले बढेर पाँच सय ५० दसमलव दुुई अंकमा पुुग्न सफल भएको छ । आज दुुई सय २१ वटा कम्पनीहरुको एक लाख ७५ हजार चार सय ११ पटकको कारोवारमा तीन करोड ५० लाख २७ हजार तीन सय ६३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम १८ अर्ब ८८ करोड ८४ लाख ३१ हजार पाँच सय १८ रुपैयाँ पुुगेको छ ।
१३ वटा समुहको हुंदा आज सात वटा समुहको सुचक बढेर छ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५६ दसमलव ४१ अंकले घटेर पाँच हजार ४३ दसमलव ४८ अंकमा झरेकोमा जलबिद्युुत, लघुुबित्त, सामुुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेकाछन । जीवन बीमा समुहको सुचक भने आज ८१ दसमलव २१ अंकले बढेर १८ हजार छ सय ५७ दसमलव ६६ अंकमा चढेकोमा निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी र उत्पादनुलक समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माउन्टेन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।