शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

निशेधाज्ञा खुुकुलो भएसंगै बैंकिङ क्षेत्रको शाखा सञ्चालनमा रहेको कोटा प्रणाली हट्यो

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौं । निशेधाज्ञा खुुकुलो भएसंगै नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको शाखा सञ्चालनमा रहेको कोटा प्रणाली हटाएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका तीन वटै जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा सम्वन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएसंगै राष्ट्र बैंकले आज सोमबार बैंक तथा बित्तीय संस्थाहरुको नाउँमा सुचना जारी गर्दे कोटा प्रणाली हटाएको हो । 
अब असार एक गते देखि नै बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो आवस्यकता र ग्राहकहरुको चाप अनुसार न्युनतम कर्मचारीहरु राखेर शाखाहरु सञ्चालन गर्न पाउनेछन । यसअघि भने काठमाडौ जिल्लामा बाँणिज्य बैंकहरुको हकमा तीन वटा, बिकास बैंकहरुको हकमा दुुई वटा र फाईनान्स कम्पनीहरुको हकमा एउटा, ललितपुर जिल्लाको हकमा बाँणिज्य बैंक तर्फ दुुई वटा, बिकास बैंक तर्फ एउटा र फाईनान्सको हकमा एउटा र भक्तपुर जिल्लाको हकमा बाँणिज्य बैंकतर्फ एउटा, बिकास बैंक तर्फ एउटा र फाईनान्सको तफबाट पनि एउटा शाखा खोल्न पाउने गरी कोटा प्रणाली तोकिएको थियो । नयाँ सुचना अनुसार जेठ १० गते जारी भएको शाखा सञ्चालनमा रहेको यो कोटा प्रणाली खारेज भएको छ । 

यो व्यवस्था अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले नेपाल सरकार तथा बिश्व स्वास्थ संगठनको सुरक्षा सम्वन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा जोखिमलाई न्युनीकरण गर्न आवस्यक सम्पुर्ण उपायहरु अवलम्वन गरी बित्तीय सेवा सञ्चालन गर्न सक्नेछन ।  आफ्नो व्यवसायीक निरन्तरतालाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई सम्पादन गर्न असम्भव हुुने कामको लागि मात्र कार्यालयमा कर्मचारी उपस्थित गराई बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन, कोभिड १९ को संक्रमण जोखिम न्युनीकरणको लागि निशेधाज्ञा जारी भएका स्थानहरुमा रहेका केन्द्रिय कार्यालयको हकमा एक तिहाई कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भएसम्म कम कर्मचारीहरुको उपस्थितीमा न्युनतम शाखाबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कर्मचारीहरुको आवस्यक उपस्थिती रोक्नको लागि सुचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एक्सिसबाट कार्य सम्पादन गर्न, ग्राहकको चापलाई दृष्टिगत गरी शाखाहरु खोल्ने र यसरी शाखाहरु खोल्ला सकेसम्म न्युुनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैंकल्पिक शाखा कार्यालयहरुबाट आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुुने शाखा कार्यालयको मुुल ढोका, संस्थाको वेभसाईट तथा सामाजिक सञ्जाल समेतमा सेवा सम्वन्धी सोधपुछका लागि सम्र्पक व्यक्तिको सम्र्पक नम्वर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुुल्ला रहने सम्वन्धी सुचना दैनिकरुमा प्रकाशन गर्नुुपर्ने छ ।