शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

युरोकप : क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको सुखद सुरुवात

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौंं । इंग्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।

वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गरे । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन् ।

england4.JPG

त्यसअघि पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किदा इंग्ल्यान्ड अग्रता बनाउन चुकेको थियो । क्रोएसियाले पनि केहि गोलको अवसर पाएको थियो । तर, सदुपयोग गर्न नसक्दा क्रोएसियाले हारबाट प्रतियोगिताको सुरुवात गर्नु परेको छ ।

यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले महत्वपूर्ण ३ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।

विश्वकप उपविजेता समेत रहेको क्रोएसिया समूहको पुछारमा रहेको छ ।

england1.JPG

england6.JPG

england3.JPG

england.JPG